अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४८
| Colorodo: 00:03
साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले दोस्रो जित निकालेको हो ।
मछिन्द्रको जितमा रंजित धिमालले एक गोल गरे । जावलाखेलका सिमान्त थापाले एक आत्मघाती गोल गरे । यो जितसँगै मछिन्द्रले ३ खेलमा ७ अंक जोडेको छ । जावलाखेलको यो लगातार तेस्रो हार हो । तालिकाको पुछारमा रहेकोे जावलाखेलले अंक जोड्न सकेको छैन ।