अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

पत्रकारको आवाज दबाउने र बन्दक बनाउने मामिलामा चीन पहिलो

बिआरटीनेपाल २०७८ मंसिर २२ गते ७:०९ मा प्रकाशित

चीन सबैभन्दा धेरै पत्रकारको आवाज दबाउने र पत्रकारलाई बन्दक बनाउने राष्ट्रको पहिलो सूचीमा आएको छ ।पत्रकारको अन्तर्राष्ट्रिय संस्था ‘रिपोटर्स विदाउट बोडर्स’ले हालै सार्वजनिक गरेको रिपोर्टमा चीन पत्रकारहरुलाई बन्दक बनाउने घटनामा चीन सबैभन्दा अगाडि छ । वर्तमान समय चीनमा कमसेकम १ सय २७ पत्रकार हिरासतमा रहेको बीबीसीले जनाएको छ ।

रिपोर्टका अनुसार चीनले पत्रकारिताविरुद्ध विश्वभर दमनकारी अभियान चलाइरहेको छ । चीनले पत्रकारहरुलाई मात्र नभएर नागरिक पत्रकारहरुलाई पनि अशान्ति फैलाएको आरोपमा गिरफ्तारी गर्नुलाई जायज भन्दै आएको छ ।

४२ पृष्ठ लामो रिपोर्टमा महामारी बढेसँगै प्रेसमाथिको प्रतिबन्ध अझ धेरै बढेको बताइएको छ । वुहानमा कोरोना भाइरसको रिपोर्ट बनाउन गएका १० पत्रकार र अनलाइन कमेन्टेटरलाई हिरासतमा लिइएको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू