अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२६ | Colorodo: 21:41

‘बिपी कोइरालाको आर्थिक विचार’ पुस्तक सार्वजनिक

बिआरटीनेपाल २०७८ मंसिर २२ गते ७:०४ मा प्रकाशित

पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले लेख्नुभएको पुस्तक ‘बिपी कोइरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ । डा. नेपालले पुस्तकमा आफूलाई बिपीले भनेका आर्थिक उन्नति, आर्थिक सोच र विचार पुस्तकमा उल्लेख गर्नुभएको छ ।

पुस्तक लोकार्पण कार्यक्रममा पूर्वगभर्नर नेपालले नेपाली कांग्रेसले २०४८ सालयता आर्थिक र प्रजातान्त्रिक दृष्टिकोण दिन नसकेको बताउनुभयो । उहाँले विश्वमै ख्याति कमाएका नेता बीपीले स्थापना गरेको पार्टीमा कुनै विचार नै नहुनु उचित नहुने बताउनुभयो । डा. नेपालले बिपीको दूरदृष्टि र स्पष्ट विचार बोकेर हिँडेको पार्टी आज तानाशाही र कम्युनिष्टभन्दा फरक बन्न नसक्नु चिन्ताको विषय भएको बताउनुभयो ।

कार्यक्रममा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नै खुट्टामा उभिनसक्ने राजनीतिक कार्यकर्ता नभएसम्म सही नेता नजन्मिने बताउनुभयो । उहाँले पुस्तकमा भनेका बिपी आदर्श अहिले पनि उत्तिकै समय सान्दर्भिक रहेको बताउनुभयो । सांसद चौधरीले राजनीति पेशा नभइ सेवा गर्ने माध्यम हो भन्ने बिपीको भनाइ सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू