अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

जर्मनीका चान्सलर एन्जेला मर्केल पदमुक्त, स्क्ल्जले सम्हाले कार्यभार

बिआरटीनेपाल २०७८ मंसिर २२ गते ६:५८ मा प्रकाशित

जर्मनीका चान्सलर एन्जेला मर्केल पदमुक्त हुनुभएको छ । नयाँ चान्सलरका रूपमा बुधबारबाट ओलाफ स्क्ल्जले कार्यभार समाल्नुभएको छ ।६३ वर्षीय स्क्ल्जले पदभार ग्रहण गरे लगतै जर्मनीका जनता र देशका लागि डटेर काम गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

जर्मनीको संसदमा पदमुक्त हुँदै गर्दा मर्केलले नयाँ चान्सलर स्क्ल्जलाई सदैव साथ र सहयोग गर्ने वचन दिनुभएको थियो । नवनियुक्त चान्सलर स्क्ल्जले पनि देश र जनताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू