अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

ओमिक्रोनमा पनि कोरोनाविरुद्धको खोप प्रभावकारी रहेको विश्व स्वास्थ्य सङ्गठनको दावी

बिआरटीनेपाल २०७८ मंसिर २२ गते ६:५७ मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठनले पछिल्लो समय देखा परेको कोरोना भाइरसको ओमिक्रोन स्वरुपमा पनि कोरोनाविरुद्धको खोप प्रभावकारी रहेको दावी गरेको छ । सङ्गठनका आपतकाल विभागका प्रमुख डाक्टर माइक ¥यानले कोरोनाविरुद्धको खोप हाल फेला परेको कोरोनाको ओमिक्रोन स्वरुपमा प्रभावकारी नभएको कुनै प्रमाण पुष्टि नभएको बताउनुभयो ।

उहाँका अनुसार हामीसँग पर्याप्त प्रभावकारी कोरोनाविरुद्धको खोप रहेको र ती गम्भीर रोग र अस्पतालमा भर्ना भएकाहरूमा हालसम्म देखिएका कोरोनाको विभिन्न स्वरुपमा पनि प्रभावकारी देखिएको छ । त्यसकारण ओमिक्रोनमा कोरोनाविरुद्धको खोप प्रभावकारी छैन भनेर सोच्नु आवश्यक नरहेको उहाँको भनाइ छ ।

सुरुवाती तथ्याङ्कलाई हेर्ने हो भने ओमिक्रोनले डेल्टा र अन्य भेरिएन्टको तुलनामा कम मानिसलाई सङ्क्रमित गरेको हुँदा हालसम्म यसले गम्भीर हुने तर्फ कुनै सङ्केत नगरेको उहाँको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू