अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

एमसीसी सम्झौता कुनै पनि हालतमा पास हुँदैन – सिपी गजुरेल

बिआरटीनेपाल २०७८ मंसिर २२ गते ६:५५ मा प्रकाशित

मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले एमसीसी सम्झौता कुनै पनि हालतमा पास गर्न नदिने चेतावनी दिनु भएको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास नहुने बताउनुभयो । उहाँले एमसीसी सच्चा देशभक्त र विदेशी दलालको बारे पर्दाफास गर्ने रेखा बन्ने बताउनुभयो ।

हरेक नागरिकहरुले अब देशभक्त भएर उभिने वा विदेशी दलाललाई साथ दिने भन्ने कुरा अत्मसाथ गर्नुपर्ने बेला आएको गजुरेलको भनाइ छ । उहाँले एमसीसीका कारण देशमा अस्थिरता पैदा भएको भन्दै शक्ति सन्तुलनमा पश्चागामी शक्ति हाबी भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू