अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

देशभर थप २ जनाको कोरोनाका कारण मृत्यु, सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै

बिआरटीनेपाल २०७८ मंसिर २२ गते ६:५४ मा प्रकाशित

गत २४ घन्टामा देशभर थप २ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ४७ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर थप २ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा १२ हजार १ सय ७४ कोरोना परीक्षण गरिएको छ । जसमा १ हजार १ सय ६८ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ५५ जना र ३ हजार ६ एन्टीजेन परीक्षण गर्दा २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये ३ सय ६६ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख ५ हजार ३ सय ७१ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर २ लाख ८३ हजार १ सय ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हाल देशभर ६ हजार २ सय ३९ सक्रिय सङ्क्रमित रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू