अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

देशभरका १० जिल्लाका ३० पालिका बाढीपहिरो सङ्कट क्षेत्र घोषणा

बिआरटीनेपाल २०७८ मंसिर २२ गते ६:५२ मा प्रकाशित

सरकारले देशभरका १० जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ । बेमौसमी वर्षाका कारण सुदूरपश्चिमका ६ जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै गृह मन्त्रालयले १० जिल्लाका ३० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले कात्तिक ३-४ गते बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकोले सङ्टग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो ।

सोही माग बमोजिम मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम २०७८ माघ मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशको ६, लुम्बिनीको १ र प्रदेश १ को ३ जिल्लाका ३० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले बताउनुभयो । असोज अन्तिम सातादेखि परेको बेमौसमी वर्षाका कारण आएको बाढीपहिराले दजर्नौंको मृत्यु भएको थियो भने करोडाँैको बालीनाली नोक्सान भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू