अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०९ | Colorodo: 11:24

पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गयो

बिआरटीनेपाल २०७८ मंसिर २१ गते ७:०९ मा प्रकाशित

पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गएको छ ।इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार पाइलटहरु मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेबको ज्यान गएको हो ।

पाकिस्तानको कब्जामा रहेको गिलगिट–बाल्टिस्तानको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको ज्यान गएको समाचार संस्था (एएनआई)ले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू