अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 06:42

साफ यू–१९ महिला टोली आज बंगलादेश प्रस्थान

बिआरटीनेपाल २०७८ मंसिर २१ गते ७:०१ मा प्रकाशित

बंगलादेशमा हुने साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली महिला टोली आज बंगलादेश प्रस्थान गरेको छ । मंगलबारबाट सुरु हुने च्याम्पियनसिपको लागि नेपाली टोली आज दिउँसो बंगलादेशतर्फ गएको हो । डिसेम्बर ११ देखि २२ तारिखसम्म हुने च्याम्पियनसिपको लागि नेपाली टोलि बंगलादेशको ढाका प्रस्थान गरेको हो ।

एन्फाले सोमबार नै ढाका जाने महिला यू–१९ टोलीलाई बिदाइ गरेको थियो । च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्सीय टिमको घोषणा गरिसकेका छन् । नेपालले यस संस्करणको उपाधि जित्ने लक्ष्य लिएको छ । अघिल्लो पटक नेपाल उपविजेता बनेको थियो ।

प्रतियोगितामा पाँच टिमले सहभागिता जनाउनेछन् । आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ तारिखमा खेल्नेछ । फाइनल खेल डिसेम्बर २२ तारिख हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू