अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै

बिआरटीनेपाल २०७८ मंसिर २१ गते ६:५७ मा प्रकाशित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणमा आज अन्तिम आठ खेल हुँदैछ । लिगमा आज समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ का समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’ का खेल नेपाली समय अनुसार राति साँढे ११ बजे तथा अन्य तीन समूहका खेल राति पौने १ बजेबाट सुरु हुनेछन् ।

समूह ‘ए’ मा पिएसजी र क्लब ब्रुग्सबीच प्रतिस्पर्धा हुँदैछ भने म्यानचेस्टर सिटीले आरबी लाइप्जिगसँग खेल्दैछ । यो समूहबाट इंग्लिस क्लब म्यानचेस्टर सिटी समूह विजेता तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । दुवै टोली समूह चरणमा जित निकाल्दै सुखद् अन्त्य गर्न चाहन्छन् भने क्लब ब्रुग्स र लेइप्जिग पनि जितसहित लिग चरण अन्त्य गर्ने लक्ष्यमा हुनेछन् ।

त्यसैगरी समुह ‘बी’ अन्तर्गत एफसी पोर्टाे र एट्लेटिको म्याड्रिड तथा एसी मिलान र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ । यो समूहबाट लिभरपुल शतप्रतिशत जितसहित १५ अंक जोडेर प्रि–क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । पोर्टाे, मिलान र एट्लेटिको म्याड्रिडको नकआउट चरण पुग्ने सम्भावना रहेको छ ।

समूह ‘सी’ मा आयाक्सले स्पोर्टिङ सिपीसँग तथा बोरुसिया डर्टमुन्डले बेसिक्टाससँग खेल्दैछ । आयाक्स र स्पोर्टिङ सिपीले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ भने डर्टमुन्ड र बेसिक्टास बाहिरिसकेको छ । बेसिक्टासले अंकको खाता खोल्न सकेको छैन ।

समूह ‘डी’ मा रियल म्याड्रिडले इन्टर मिलानसँग तथा साख्तर डोनेस्कले एफसी सेरिफसँग खेल्दैछ । रियल र इन्टरले नकआउट चरणमा पक्का गरिसकेको छ भने सेरिफ र साख्तर बाहिरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू