अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 09:28

प्रिमियर लिग -एभर्टनद्वारा आर्सनल पराजित

बिआरटीनेपाल २०७८ मंसिर २१ गते ६:५२ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा  एभर्टनले आर्सनललाई २–१ ले हराएको छ । एभर्टनको मैदानमा भएको खेलको ४५ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई अग्रता दिए । दोस्रो हाफको ७९ औं मिनेटमा एभर्टनका रिचार्लीसनले बराबरी गोल गरे । इन्जुरी समयमा डेमाराई ग्रे ले एक गोल गर्दै भएटर्नलाई विजयी गराए ।

जितसँगै १५ खेलबाट १८ अंक जोडेको एभर्टन तालिकाको १२ औं स्थानमा उक्लिएको छ । २३ अंक जोडेको आर्सनल सातौं स्थानमा रहेको छ । लिगमा ३५ अंकसहित म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहँदा ३४ अंकसहित लिभरपुल दोस्रो तथा ३३ अंकसहित चेल्सी तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू