अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 05:17

इराकमा बम विस्फोटमा परेर चार जनाको मृत्यु, २० जना घाइते

बिआरटीनेपाल २०७८ मंसिर २१ गते ६:२९ मा प्रकाशित

इराकको दक्षिणी सहर बसराको केन्द्रमा भएको विस्फोटमा कम्तिमा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । विस्फोटक पदार्थ भरिएको मोटरसाइकल ठोक्काएर दुर्घटना गराएको इराकी सेनाले दावी गरेको छ ।

सहरको केन्द्रमा रहेको अल जुम्हौरी अस्पतालनजिकै विस्फोट गराइएको थियो । विस्फोटलगत्तै सेनाले सो क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

इराकमा हालैका वर्षहरुमा विस्फोटका घटनाहरू बढिरहेको प्रति राष्ट्रसंघलगायत विभिन्न संघ संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् । सो विस्फोटको हालसम्म कसैले जिम्मा नलिएको त्यहाँको सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू