अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०७ | Colorodo: 06:22

सैन्य प्रायोजनका लागि भारतले अत्याधुनिक हतियार उत्पादन गर्ने, रूसले सहयोग गर्ने

बिआरटीनेपाल २०७८ मंसिर २१ गते ६:२३ मा प्रकाशित

रूसको सहयोगमा भारतले सैन्य प्रयोजनका लागि अत्याधुनिक हतियार एके–२०३ राइफल उत्पादन गर्ने भएको छ ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा भारत र रूसबीच महत्वपूर्ण रक्षा सम्झौता भएको हो । इन्डो–रसिया राइफल्स प्राइभेट लिमिटेडको मातहतमा उत्तर प्रदेशको अमेठीमा हतियार उद्योगको स्थापना गरिनेछ ।

५ हजार १ सय करोड भारतीय रुपैयाँको उक्त सुरक्षा सम्झौताअन्तर्गत ६ लाख राइफल उत्पादन गरिने छ । नयाँ राइफल अहिले भारतीय सेनाले प्रयोग गर्ने इन्सास राइफलको तुलनामा धेरै हलुंगो र सानो हुने हुने बताइएको छ । व्यापार र लगानीसमेत विभिन्न २८ वटा सम्झौतामा हस्ताक्षर भएका छन् ।

रूसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको वार्तापछि अबेर राति ९९ बुँदाको संयुक्त वक्तव्य जारी गरिएको थियो । जसमा अन्तरिक्ष, विज्ञान, औद्योगिक, आतंकलगायतका मुद्दा समावेश छन् । ६ घण्टाका लागि मात्रै भारत आएका पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच हैदराबाद हाउसमा वार्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू