अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३७ | Colorodo: 11:52

अब पनि नसुध्रिए कांग्रेस सिद्धिन्छ – गगन थापा

बिआरटीनेपाल २०७८ मंसिर २१ गते ६:१७ मा प्रकाशित

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताउनुभएको छ । आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताउनुभएको हो । उहाँले पार्टी सकिए आफ्नो र पार्टीका ९ लाख कार्यकर्ताको भविष्य पनि समाप्त हुने बताउनुभयो ।

नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेस सकिन्छ कि भन्ने डर लागेजस्तै नेपाली कांग्रेसको रुख चिह्नमा मत नहालेको मानिसलाई समेत कांग्रेस सकिन्छ भन्ने आवश्यकताको बोध गराउन सके मात्रै त्यसै विजयी बन्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेस चुनाव जित्छौँ भनिरहँदा आम नागरिकले कांग्रेसले किन जित्नुपर्छ भन्ने कुराको बोध गराउन आवश्यक रहेको पनि बताउनुभयो । नेता थापाले चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै कांग्रेस सबल बन्ने बताउनुभयो ।

नेता थापाले यो महाधिवेशनपछि नेपाली कांग्रेसको सदस्यता कहिल्यै नलिएको, सदस्य कहिल्यै नभएको १५ लाख नयाँ मान्छेलाई नेपाली कांग्रेससँग जोड्नुपर्ने बताउनुभयो । पार्टीमा म्यासेज र म्यासेन्जर दुवै आवश्यक रहेको बताउँदै नेता थापाले पार्टीमा नेता, कार्यकर्तालाई मात्र नभइ अन्य नागरिकलाई जोडिने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू