अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९ | Colorodo: 07:24

अमेरिकाले ओलम्पिक बहिष्कार गर्ने

बिआरटीनेपाल २०७८ मंसिर २१ गते ६:२७ मा प्रकाशित

चीनमा आगामी फेब्रुअरीमा हुन लागेको शीतकालीन ओलम्पिकमा अमेरिकाले कुटनीतिक बहिष्कार गर्ने भएको छ । चीनले सिंजियाङ प्रान्त र अन्य राज्यहरुमा मानवअधिकार उल्लंघन गरेको भन्दै ओलम्पिक खेलमा आफ्ना कुटनीतिज्ञलाई सहभागी नगराउने निर्णय अमेरिकाले गरेको हो ।

अमेरिकी खेलाडीहरुले भने शितकालिन ओलम्पिकमा भाग लिनेछन् । ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले चीनको ब्यबहारका कारण आफना देशबाट कुनै पनि कुटनीतिक अधिकारी ओलम्पिकमा सहभागी हुन बेइजिङ नजाने जानकारी दिनुभयो ।

यसैबीच, चीनका बिदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले आफुहरुको निमन्त्रणा बिना अमेरिकाले गरेको यो निर्णयलाई बेतुकको संज्ञा दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू