अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५४ | Colorodo: 08:09

बारका प्रतिनीधि र एमाले अध्यक्ष ओलीबीच भेट, प्रधानन्यायाधीश जबरालाइ महाअभियोग लगाउन माग

बिआरटीनेपाल २०७८ मंसिर २१ गते ६:१२ मा प्रकाशित

कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई महाभियोगबाट हटाउन सहयोग गरिदिन आग्रह गर्दै प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ भेटेका छन् । आज ओली निवास बालकोट पुगेर कानून व्यवसायीले न्यायालयमा देखिएको समस्या न्यायालयबाटै समाधान नहुने भन्दै दलहरुको सहयोग आवश्यक परेको बताएका हुन् । भेटमा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, न्याय प्रशासनको नेतृत्व गर्न नसकेको र स्वच्छ न्याय पनि दिन नसकेकाले बहिर्गमन आवश्यक रहेको बताउनुभयो ।

जवाफमा अध्यक्ष ओलीले न्यायालय पनि सेटिङ्मा चल्नु दुःखद भएको बताउनुभएको थियो । अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई हटाएपछि आफ्नो सरकारका पालाका संवैधानिक नियुक्तिहरू खारेज गर्ने लगायतका सेटिङ मिलाइरहेको सूचना आफूले पाएको पनि बताउनुभयो । सार २८ को परमादेशदेखि नै सेटिङ भएको र अहिले आफू अनुकुल प्रधानन्यायाधीश बनाएर मुद्दाहरू मिलाउन खोजिएको अध्यक्ष ओलीको भनाइ थियो । अहिलेको समस्या पाँच दलीय सत्ता गठबन्धनले अदालतमा सेटिङ मिलाएका कारण उत्पन्न भएको अध्यक्ष ओलीको आरोप थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू