अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३६ | Colorodo: 16:51

न्यूजिल्याण्डविरुद्धको दुई टेस्ट क्रिकेटको सिरिज भारतलाई

बिआरटीनेपाल २०७८ मंसिर २० गते ६:३४ मा प्रकाशित

भारतले न्यूजिल्यान्डविरुद्धको दुई टेस्ट क्रिकेटको सिरिज हात पारेको छ । भारतको मुम्बईमा भएको दोस्रो टेस्टमा न्यूजिल्यान्डलाई ३ सय ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतले सिरिज १–० ले जितेको हो । पहिलो टेस्ट भने बराबरीमा सकिएको थियो । दोस्रो इनिङ्समा जितका लागि ५ सय ४० रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्ड १ सय ६७ रनमै समेटियो ।

न्यूजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक ६० तथा हेनरी निकोल्सले ४४ रन जोडे । न्यूजिल्यान्डलाई सस्तैमा समेट्न रविचन्द्रन आश्विन र जयन्त यादवले समान चार–चार विकेट हात पारे । यसअघि भारतले पहिले ब्याटिङ गर्दै पहिलो इनिङ्समा ३ सय २५ रन जोडेको थियो ।

भारतका लागि मयन्क अग्रवालले १ सय ५० रनको योगदान गरे । अक्सर पटेलले ५२ रन जोडे । जवाफमा न्यूजिल्यान्डले पहिलो इनिङ्समा ६२ रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया