अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

पोर्चुगलका राष्ट्रपतिद्वारा संसद् विघटन, चुनावको घोषणा

बिआरटीनेपाल २०७८ मंसिर २० गते ६:३२ मा प्रकाशित

पोर्चुगलका राष्ट्रपति मर्केलो रिबेलो डी सौसाले संसद् विघटन गर्दै अग्रिम चुनावको घोषणा गर्नुभएको छ । राष्ट्रपति सौसाले संसद् विघटन गरिएको घोषणा गर्दै चुनावको मिति तोक्नुभएको हो । उहाँले सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय चुनाव गर्ने घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।

सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद् विघटन गरिएको छ । संसद्ले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद् विघटन गर्दै चुनाव घोषणा गर्नुभएको हो । सरकारको बजेट पारित गर्नका लागि गएको अक्टोबर २७ तारिखका दिन संसदमा मतदान भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू