अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

टी–ट्वान्टी वरीयतामा नेपाल यथावत

बिआरटीनेपाल २०७८ मंसिर २० गते ६:३० मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल यसअघि कै स्थानमा यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १२ औं स्थानमै रहेको थियो । टी–ट्वान्टीको वरीयतामा इंग्ल्यान्ड पहिलो, भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेका छन् ।

न्यूजिल्याण्ड चौंथो र दक्षिण अफ्रीका पाँचौ स्थानमा छन् । टेस्टको वरीयतामा भने भारत शीर्ष स्थानमा उक्लिएको छ । नयाँ वरीयता क्रम अनुसार भारत शीर्ष स्थानमा उक्लिएको छ भने टेस्टमा न्यूजिल्याण्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, इंग्ल्यान्ड चौंथो र पाकिस्तान पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया