अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२५ | Colorodo: 12:40

म्यान्मारकी नेतृ सू चीलाई ४ वर्षको जेल सजाय

बिआरटीनेपाल २०७८ मंसिर २० गते ६:२६ मा प्रकाशित

म्यान्मारकी अपदस्थ नेतृ आङ्ग सान सू चीलाई ४ वर्षको जेल सजाय सुनाइएको छ । सू चीलाई मानिसहरूलाई भड्काएको र प्राकृतिक आपतकालिन कानूनका अनुसार कोरोनाविरुद्धको नियम उल्लघङ्न गरेको दोषी पाएको भन्दै जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सू चीमाथि ११ ओटा आरोप लगाइएको थियो र उहाँले ती सबै अस्विकार गर्दै आउनुभएको छ । गत वर्षको फेबु्रवरीमा सेनाले सत्ता कब्जामा लिएपछि ७६ वर्षका सू ची सेनाको नियन्त्रणमा रहनुभएको छ । सेनाले पछिल्लो वर्ष भएको आम चुनावमा धाँधली गरेको आरोप लगाउँदै सत्तामाथि कब्जा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू