अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

राप्रपाको केन्द्रीय समिति बैठक पर्सि बस्दै, अध्यक्ष लिङदेलद्धारा पदभार ग्रहण

बिआरटीनेपाल २०७८ मंसिर २० गते ६:२४ मा प्रकाशित

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पर्सिको लागि केन्द्रीय समिति बैठक बोलाउनुभएको छ । आज धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै नवनिर्वाचित अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी, निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरेरै आफू अघि बढ्ने बताउनुभयो ।

लिङ्देनले पार्टीमा पक्ष र विपक्ष महाधिवेशनस्थलमै बिसर्जन भएको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । राप्रपालाई ठूलो बनाउने तथा देश र जनताको पक्षमा काम गरेर देखाउने अभियानमा आफू रहेको उहाँको भनाइ थियो । पदभारपछि लिङ्देनले महाधिवेशन प्रतिनिधिहरूको मतलाई अवमूल्यन नगर्न नेता थापालाई सचेत समेत गराउनुभयो ।

आफ्नो पार्टीको महाधिवेशनमा राजालाई जोड्नु मतको अवमूल्यन रहेको उहाँको भनाइ छ । पदबहाली पछि अध्यक्ष लिङ्देनले पहिलो बैठक आह्वान गर्नुभएको हो । उहाँले पहिलो बैठकलाई परिचयात्मक बैठकको संज्ञा दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू