अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१३ | Colorodo: 02:28

कोलोराडोमा दिदीबहिनी समूहद्वारा देउसी-भैलो खेलेको सङ्कलित रकम १४,०७५ डलर नेपाली घरलाई हस्तान्तरण

बिआरटीनेपाल २०७८ मंसिर १९ गते १२:५४ मा प्रकाशित

कोलोराडो, नेपाली सांस्कृतिक केन्द्र निर्माणको लागी कोलोराडोको दिदीबहिनी समूहले गत तिहारमा देउसी भैलो खेली सङ्कलन गरेको रकम १४ हजार ७५ डलर हिजो नेपाली घरका अध्यक्ष लछुमन रानालाई दिदीबहिनी समूहकी संयोजक धन पौडेलले चेक हस्तान्तरण गर्नु भएको छ ।

उक्त कार्यक्रममा देउसी भैलो खेल्ने आठ जनालाई नेपाली घरद्वारा विभिन्न अतिथिहरूबाट दोसल्ला ओढाई सम्मान गरिएको थियो । सम्मानित हुनु हुनेमा दिलकुमारी श्रेष्ठ, शान्ति भुसाल, चन्द्रकान्त अधिकारी, नारायणी लामिछाने, माया न्यौपाने, राधिका लामिछाने, लक्ष्मी तिवारी र देवी न्यौपाने हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा नव निर्वाचित नेपाली घरका बोर्ड अफ डाइरेक्टर उत्तरा बरालले दिदीबहिनी समूह संयोजक धन पौडेललाई प्रशंसा-पत्र हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा संयोजक धन पौडेलले देउसी भैलोमा दान गर्ने दाताहरूको नाम पढेर सुनाउनुको साथै नेपाली घरका नवनिर्वाचित समूहलाई बधाई तथा शुभकामना दिनु भएको थियो । उक्त कुराको जानकारी संयोजक धन पौडेलले बिआरटी नेपाललाई दिनु भएको हो ।

कार्यक्रममा नेपाली घरका अध्यक्ष रानाका साथै महासचिव वसन्त लम्साल, नवनिर्वाचित नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकाल, एनआरएन कोलोराडो च्याप्टरका उपाध्यक्ष प्रकाश पौडेल, रक्की माउन्टेन फ्रेन्डस अफ नेपालकी महिला प्रतिनिधि यशोदा भट्ट लगायतको उपस्थित थियो ।

कार्यक्रममा नेपाली घरका अध्यक्ष रानाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै, सांस्कृतिक केन्द्र निमार्णको लागी भवन खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनु भएको छ । कार्यक्रमको सञ्चालन नेपाली घरका महासचिव वसन्त लम्सालले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू