अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

पूर्व युवराज्ञी हिमानी शाह र कमल थापाबीच ट्वीट–युद्ध, अवसरवादी पराजित भएको हिमानीको प्रतिक्रिया

बिआरटीनेपाल २०७८ मंसिर १९ गते ६:५१ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको निर्वाचन परिणाम सार्वजनिक भएसँगै पूर्व अध्यक्ष कमल थापा र पूर्व राजपरिवारबीच दुरी अझ बढेको छ । अध्यक्षमा पराजित कमल थापाले पार्टीको आन्तरिक राजनीतिमा पूर्व राजपरिवारले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउदै यो नाङ्गो प्रदर्शन भएको टिप्पणी गर्नुभएको छ । आफूलाई हराउन पूर्व राजपरिवारबाटै गुटबन्दी भएको भन्दै थापाले असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले अब राजतन्त्रलाई बोक्न नसक्ने समेत प्रष्ट पार्नुभएको छ ।

आइतबार बिहान पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै पराजयको मुख्य दोष थोपर्नुभएका थापाले पुनः हिमानी शाहमाथि पनि आक्रोश व्यक्त गर्नुभएको छ । हिमानीले ट्विटरमार्फत राप्रपाको अध्यक्ष पदमा विजयी राजेन्द्र लिङ्देनलाई बधाई दिएपछि थापाले जवाफमा आक्रोश व्यक्त गर्नुभएको हो ।

हिमानीले ट्वीटमा लेख्नुभएको छ–’अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ’ । अवसरबाद, नाताबाद, कृपाबाद को अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रबादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकाल को सुभकामना ! राजेन्द्र लिङ्देन को जित सङ्गै मुलुकले मुलुक ले आज सच्चा राष्ट्रबादी नेता पाउन सफल भएको छ !

ट्विटमा भनिएको छ, ‘राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ।’उक्त ट्विटको जवाफमा थापाले आक्रोशित भएर जवाफ फर्काउनुभएको हो । उहाँले व्यंग्यात्मक भाषामा लेख्नुभएको छ ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानी शाहलाई पनि हार्दिक बधाई तथा शुभकामना ।’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू