अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२७ | Colorodo: 01:42

नर्वेको ओस्लोमा पनि भेटिए ‘ओमिक्रोन’ सङ्क्रमित

बिआरटीनेपाल २०७८ मंसिर १८ गते ७:३० मा प्रकाशित

‘ओमिक्रोन’ भाइरसको सङ्क्रमण देखिएपछि नर्वेको ओस्लोमा प्रतिबन्ध लागू गरिएको छ ।कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का एक जना बिरामी भेटिएपछि प्रतिबन्धसहित स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएको हो ।

गएको हप्ता ओस्लोमा सय जनाभन्दा धेरै पाहुना क्रिसमस भोजमा सहभागी भएका थिए । उनीहरुको परीक्षणपछि १७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट नै पुष्टि भएको ओस्लो नगर प्रशासनले जनाएको छ ।

भोजमा सहभागी सबैले खोप लगाएको तर उनीमध्ये केही दक्षिण अफ्रिकाबाट ओस्लो पुगेको पाइएको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू