अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

अफगानिस्तानमा जबरजस्ती विवाह नगर्न आदेश जारी, महिलाले चाहेमा दोस्रो विवाह गर्न पाउने

बिआरटीनेपाल २०७८ मंसिर १८ गते ७:०५ मा प्रकाशित

तालिवानले अफगानिस्तानमा जबरजस्ती विवाहलाई निषेध गर्ने आदेश जारी गरेको छ । महिला र पुरुष समान रहेको भन्दै तालिवानले जबरजस्ती विवाहमा रोक लगाउन नयाँ आदेश जारी गरेको हो । गत अगस्टमा सत्ता सम्हालेको तालिवानले पूराना कानुनी व्यवस्थाहरु परिवर्तन गर्दै आफ्नो छवी सुधार्ने प्रयासमा रहेको बताइएको छ । तर शिक्षा क्षेत्रमा महिलाको सहभागीताका बारेमा भने निर्णय हुन बाँकी रहेको तालिवानले जनाएको छ ।

अफगानिस्तानमा यरअघि विवाह गर्नका लागि १६ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्थालाई चुनौती दिँदै जबरजस्ती विवाह नगर्न कानुनी व्यवस्था गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यस्तै महिलाले चाहेमा श्रीमानको मृत्युपछि १७ हप्तापछि दोस्रो विवाह गर्न पाउने व्यवस्थापनि लागू गरिएको छ ।

यस्तै महिलाहरुले पतिको मृत्युपछि उसको भाइ वा आफन्तमध्ये एकसँग विवाह गर्ने आदिवासी समूहको लामो परम्परालाई सुधार गर्न र महिलालाई सम्मानजनक र निष्पक्ष व्यवहार गर्न पनि तालिवान नेतृत्वले आदेश जारी गरेको छ । यसअघि लामो समयदेखि चरम विभेद खेप्दै आएका अफगानि महिलाका लागि सहज भएको भन्दै अधिकारकर्मीहरुले तालिवानीहरुको कदमको स्वागत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू