अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३ | Colorodo: 11:58

युक्रेनको सीमा ननाघ्न रुसलाई बाइडेनको चेतावनी

बिआरटीनेपाल २०७८ मंसिर १८ गते ७:०३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई युक्रेनको सीमा रेखा ननाघ्न चेतावनी दिनुभएको छ । रुसले युक्रेनमा हमलाको तयारी गरिरहेको शंकाका बीच बाइडेनले रुसलाई यस्तो चेतावनी दिनुभएको हो । रुसले सीमा रेखा नाघे आफूहरूले सहन नसक्ने भन्दै उहाँले छिमेकीमाथि गरिएको हमलाले रुसलाई अप्ठेरोमा पार्ने चेतावनी दिनुभयो ।

अमेरिकी मिडियाले सार्वजनिक गरेको विवरणहरूमा सन् २०२२ भित्र रुसले युक्रेनमा हमला गर्ने विषयलाई लिएर खुफिया अधिकारीहरू चिन्तित रहेको बताइएको छ । यूक्रेनले रूसले सीमामा ९४ हजार सेना खटाएको अमेरिकी मिडियाको दाबी छ ।

यो तनावलाई कम गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी बाइडेनसँग भिडियो संवाद गर्ने अपेक्षा गरिएको छ । सञ्चारकर्मीहरुसँग कुरा गर्दै बाइडेनले रुसी नेताका साथ आफ्नो विस्तृत छलफल हुने भन्दै कुनै पनि मुलुकको सीमारेखा नाघ्ने कदमलाई स्वीकार नगर्ने चेतावनी दिनुभयो ।

यद्यपि बाइडेनले अमेरिकाको योजना के हो भन्नेबार केही खुलाउनु भएन । युक्रेनी मामिलालाई लिएर अमेरिकाले कयौं गम्भीर आर्थिक प्रतिबन्ध लगाउन सक्ने आँकलन पनि गरिएको छ । गत बिहिबार रूसी विदेश मंत्री सर्गेई लावरोफले अमेरिकी विदेश मंत्री एंटनी ब्लिंकनसँगको बैठकको दौरान आफूहरूमाथि प्रतिबन्ध लगाउने धम्की आएको खुलासा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू