अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 00:51

पाकिस्तानमा नागरिकको हत्यापछि श्रीलंकाका प्रधानमन्त्री र राष्ट्रपति आक्रोशित

बिआरटीनेपाल २०७८ मंसिर १८ गते ७:०२ मा प्रकाशित

पाकिस्तानको सियालकोटमा एक श्रीलंकन नागरिकलाई ईश्वर निन्दाको आरोपमा कुटपिटपछि हत्या गरेको विषयलाई लिएर श्रीलंकाले दुःख र आक्रोश पोखेको छ । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षेले एक ट्वीट गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग संगीन अपराधमा संलग्नलाई न्यायको कठघरामा ल्याउन आग्रह गर्नुभएको छ । घटना निकै हृदयविदारक रहेको भन्दै उहाँले अपराधीलाई न्यायको कठघरामा ल्याउनेमा श्रीलंकन नागरिक विश्वस्त रहेको बताउनुभयो ।

राष्ट्रपति गोटाभाया राजपक्षेले पनि घटनाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले ट्वीट गर्दै सियालकोटको घटना अत्यन्तै चिन्तित बनाउने खालको रहेको भन्दै प्रधानमन्त्री इमरान खÞान र त्यहाँको सरकारले न्याय सुनिश्चित गर्ने अपेक्षा राखेको बताउनुभयो ।

पाकिस्तानमा रहेका बाँकी श्रीलंकन नागरिकलाई सुरक्षित राखिनेमा आफू आशावादी रहेको राष्ट्रपति गोटाभायाको भनाइ छ । एक काराखानामा म्यानेजर रहेका श्रीलंकन नागरिक प्रियांथा दियावदानालाई इ्र्रश्वर निन्दाको आरोपमा भीडले हत्या गरेको थियो । घटनामा संलग्न झण्डै ५० व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । प्रधानमन्त्री इमरान खानले अपराधमा संलग्नलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने भन्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू