अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३
| Colorodo: 18:58
सहिद स्मारक ए डिभिजन लिगमा सङ्कटा र मनाङ मस्र्याङ्दी क्लबले अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा मनाङ र सङ्कटले २–२ को बराबरी खेलेका हुन् । खेलमा दुई पटक अग्रता बनाएको सङ्कटाले अन्तिम समयमा गोल खाएको थियो ।
खेलमा सङ्कटाका लागि निरज बस्नेत र उत्तम राईले गोल गर्नुभयो । तर ईन्जुरी टाईममा विदेशी खेलाडी टालाले गोल गर्दै मनाङलाइ बराबरीमा ल्याउनुभयो । बराबरीपछि मनाङ ३ खेलबाट ७ अंक जोड्दै दोसो स्थानमा छ । सङ्कटा समान खेलबाट ५ अङ्कसहित तेस्रो स्थानमा छ ।