अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४७ | Colorodo: 09:02

एमसीसी र न्यायालयको विवादमा राष्ट्रिय सहमति खोजिन्छ – माओवादी अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७८ मंसिर १८ गते ६:४३ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी बारेमा राष्ट्रिय सहमति खोजिने बताउनुभएको छ । आज चितवनमा प्रेस सेन्टरको महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले एमसीसीमा दलहरुको समझदारी खोजिने बताउनुभयो ।

एमसीसी संझौता जस्तो महत्वपूर्ण बिषयमा कसैले जवरजस्ती गरेर नहुने प्रचण्डको भनाइ थियो । यस्तै अध्यक्ष प्रचण्डले बर्तमान गठबन्धन टुटाउनको लागि प्रयास भइरहेको बताउनुभयो । आफूलाइ गठबन्धन टुटाउन गरिररहेको प्रयासबारेमा सबै जानकारी आएको भएपनि तत्काल भने नखुलाउने प्रचण्डले बताउनुभयो ।

गठबन्धन बनाएर सरकार निर्माण भएपछि जनतामा, देशमा र अन्तर्राष्ट्रिय क्षेत्रमा जे सन्देश दिन खोजेको हो त्यसमा अझै सफल नभएको प्रचण्डको स्वीकारोक्ती थियो । न्यायालयको विवाद निरुपणको विषयमा र प्रधानन्यायाधिसलाइ महाअभियोग लगाउने वा नलगाउने भन्ने निक्र्योल पनि सहमतिमै गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू