अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

आर्सनलमाथि म्यान्चेस्टर युनाइटेडको रोमाञ्चक जित

बिआरटीनेपाल २०७८ मंसिर १७ गते ७:२० मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले आर्सनललाई ३–२ ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले दुई गोल गर्दा ब्रुनो फर्नान्डेजले एक गोल गरे ।

पराजित टोली आर्सनलको लागि एमिले स्मिथ रोवे र मार्टीन ओडेगार्डले एक एक गोल गरे । यो खेलमार्फन पोर्चुगिज खेलाडी रोनाल्डोले आफ्नो करियरमा ८ सय गोल पुरा गरेका छन् ।

प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले ब्रेन्टफोर्डमाथि २–० को जित निकाल्यो । एन्टोनियो कोन्टेलाई प्रशिक्षक बनाएपछि अपराजित रेहको टोटनह्यामलाई गएरातिको खेलमा विजयी गराउन ह्युङ मिन सनले एक गोल गर्दा ब्रेन्टफोर्डका सर्जी क्यानोसले एक आत्माघाति गोल गरे ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू