अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

वेस्ट इन्डिजलाई १ सय ६४ रनले हराउँदै श्रीलङ्काले जित्यो टेस्ट शृङ्खला

बिआरटीनेपाल २०७८ मंसिर १७ गते ७:१७ मा प्रकाशित

श्रीलङ्काले वेस्ट इन्डिजसँगको दुई खेलको टेस्ट शृङ्खला दुई–शून्यले जितेको छ । दोस्रो तथा अन्तिम टेस्टमा वेस्ट इन्डिजलाई एक सय ६४ रन हराएसँगै श्रीलङ्काले शृङ्खला आफ्नो पक्षमा पारेको हो ।जितका लागि दुई सय ९७ रनको लक्ष्य पाएको पाहुना टोली एक सय ३२ रनमै अलआउट भयो । वेस्ट इन्डिजका लागि नक्रुमाह बोनरले ४४ र जेरमेन ब्ल्याकवुडले ३६ रन बनाए । बलिङतर्फ श्रीलङ्काका लसिथ इमबुलदेनिया र रमेश मेन्डिजले पाँच–पाँच विकेट लिए ।

यसअघि श्रीलङ्काले पथुम निसान्काको ७३ र दिमुथ करुनारत्नेको ४२ रनको मदतमा पहिलो पारीमा दुई सय चार रन बनाएको थियो । बलिङतर्फ वेस्ट इन्डिजका भीरासामी पेरमाउलले पाँच र जोमिल वीराकनले चार विकेट लिएका थिए । वेस्ट इन्डिजले भने क्रिग ब्राथवेटको ७२ र जेरमेन ब्ल्याकवुडको ४४ रनको मदतमा पहिलो पारीमा दुई सय ५३ रन बनाएको थियो । बलिङतर्फ श्रीलङ्काका रमेश मेन्डिजले ६ विकेट लिएका थिए ।

श्रीलङ्काले दोस्रो पारीमा तीन सय ४५ रनमा नौ विकेट गुमाउँदै पारी सकिएको घोषणा गरेको थियो । उसका धनन्जय डी सिल्भाले नटआउट एक सय ५५ रन बनाएका थिए । बलिङतर्फ वेस्ट इन्डिजका भीरासामी परमाउलले तीन विकेट लिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू