अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४४ | Colorodo: 08:59

युरोपमा फेरि कहालीलाग्दो सैन्य टकराव हुनसक्ने रुसको चेतावनी

बिआरटीनेपाल २०७८ मंसिर १७ गते ७:१५ मा प्रकाशित

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युरोपमा फेरी पनि कहालीलाग्दो सैन्य टकराव हुनसक्ने चेतावनी दिनुभएको छ । अमेरिकी नेतृत्वको उत्तर एटलान्टिक सन्धी संगठन नेटोले युरोपमा आफ्नो विस्तारलाई जारी राखे स्वभाविक टकराव हुने रुसको दावी छ ।

स्विडेनमा युरोपली सुरक्षा संयन्त्रको बैठकमा बोल्दै लाभरोभले पूर्वी युरोपमा नेटो गठबन्धनको विस्तार रुसलाई मान्य नहुने बताउनुभयो । साथै उहाँले नेटोको अस्वभाविक विस्तार रोक्न नयाँ ‘युरोपेली सुरक्षा सम्झौता’ को अवधारणा अघि सार्नुभयो ।

सोही बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीन्कनले रुसले युक्रेनमाथि ज्यादती गरे गम्भिर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो । पछिल्लो सयम रुस र युक्रेनबीचको तनाव फेरी उत्कर्षमा पुगेको छ ।

रुसले झण्डै ९० हजार सेना आफ्नो सिमामा तैनाथ गरेको युक्रेनको आरोप छ । रुसले यसलाई अस्विकार गर्दै युक्रेनले नैं सैन्य गतिविधि बढाइरहेको दावी गरेको छ । आफ्नो भूमिमा जासुसी गरेको तथा आतंकवादी आक्रमणको योजना बनाएको आरोपमा रुसले हालै तीन जना यक्रेनका जासुसहरुलाई नियन्त्रणमा लिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू