अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५ | Colorodo: 23:50

सर्वोच्चमा सुनुवाइ सुरू

बिआरटीनेपाल २०७८ मंसिर १७ गते ७:११ मा प्रकाशित

प्रधानन्यायाधिश र न्यायाधिशहरुको विवादका कारण सर्वोच्च अदालतमा प्रभावित भएको मुद्धाको सुनुवाइ सुरू भएको छ । गोला प्रणालीबाट पेशी तोक्न थालेपछि आजदेखि न्यायाधीशहरुले मुद्धाको सुनुवाइ गरेका छन् भने कानुन व्यवसायीले पनि बहस गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै न्यायाधिस र नेपाल बार एसोसियसनले निरन्तर आन्दोलन गर्दै आएका थिए । जसका कारण इजलास चलेको थिएन भने अधिवक्ताहरु पनि आनदोलनमा रहेका थिए ।

गत कात्तिक ८ गतेदेखि सर्वोचचमा मुद्धा सुनुवाइको बिषय प्रभावित भइरहेको थियो । मंसिर १५ गतेदेखि गोला प्रणाली सुरु भए पनि कानुन व्यवसायीले प्रधानन्यायाधीशको जिम्मेवारीमा को रहेको भनी प्रश्न उठाएपछि इजलास बस्न सकेको थिएन ।

तर कोरोना सङ्क्रमित भई अस्पतालमा उपचाररत रहनुभएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफू बिदामा नरहेको जानकारी न्यायाधीशहरुलाई गराएपछि न्यायिक नेतृत्वको विषय टुङ्गिएको थियो । सर्वोचचमा देखिएको विवादका कारण नेपालको न्याय क्षेत्र नै प्रभावित भइरहेको थियो । गोलाप्रथाबाट पेशी तोक्ने बिरलै हुने घटना सर्वोच्चमा लागू भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू