अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

नेपालमा थप २२३ जनामा देखियो कोरोना सङ्क्रमण

बिआरटीनेपाल २०७८ मंसिर १७ गते ७:०२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा २२३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४०० जनामा पीसीआर परीक्षण गर्दा २२३ जनामा सङ्क्रमण देखिएको हो । १ हजार ४३६ जनामा एन्टिजेन परीक्षण गर्दा २३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले आज सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

एन्टिजेन र पीसीआर गरी ७ हजार ३३६ परीक्षण गर्दा २४६ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा ३४७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २२ हजार १७२ जना सङ्क्रमित भएका छन् । यस्तै, ८ लाख ३ हजार ७१६ जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना निको हुने दर ९७ दशमलब ७ प्रतिशत छ । हालसम्म सङ्क्रमणबाट ११ हजार ५३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । हाल देशमा सक्रिय सङ्क्रमितको संख्या ६ हजार ९२१ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू