अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा प्रवेश शुल्क २ हजार रुपैयाँ तोकियो

बिआरटीनेपाल २०७८ मंसिर १७ गते ७:०१ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) ले पार्टीको राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यलाई प्रवेश शुल्क २ हजार रुपैयाँ तोकेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यलाई प्रवेश शुल्क २ हजार रुपैयाँ तोकेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।

यस्तै स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादव रहनुभएको छ । यो उपसमितिले आउँदो मङ्सिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता महराले बताउनुभयो ।

यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि व्यवस्थापन उपसमितिहरू बनाइएको बताउनुभयो । बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू