अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४९ | Colorodo: 14:04

विकास र समृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ – प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७८ मंसिर १७ गते ७:०० मा प्रकाशित

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास र संमृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्ने बताउनुभएको छ । उहाँले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै कांग्रेसको अगुवाईमा ल्याइएको भन्दै कांग्रेसले नै मुलुकको विकास र समृद्धिको आधारमा तय गरेको दावी गर्नुभयो ।

शुक्रबार कांग्रेसको प्रदेश नं. १ को प्रथम प्रदेश अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पार्टी र देशको हितका लागि यो महाधिवेशनबाट कांग्रेसलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । देउवाले महाधिवेशनबाट जनतामा मन जित्न सक्ने खालको नेतृत्व चयन गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

१४ औँ महाधिवेशनअन्तर्गत कांग्रेसले बिहीबारदेखि प्रदेश अधिवेशन थालेको छ । आज उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू