अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१५ | Colorodo: 03:30

स्पेनिस लिगमा रियाल मड्रिडलाई ७ अंकको अग्रता

बिआरटीनेपाल २०७८ मंसिर १६ गते ७:२२ मा प्रकाशित

स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले एथ्लेटिक बिल्बाओलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा रियाललाई विजयी गराउन फ्रेन्च स्ट्राइकर करिम बेन्जमाले ४० औं मिनेटमा निर्णयक गोल गरे ।

जितसँगै रियाल मड्रिडले अंक तालिकामा दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग ७ अंकको अग्रता लिएको छ । १५ खेलबाट रियालको ३६ अंक भएको छ । एक खेल कम खेलेको एथ्लेटिको मड्रिड २९ अंकसहित दोस्रो स्थानमा छ ।

 

प्रतिक्रिया