अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

माधव नेपालले छोडेर गएका कार्यकर्तालाई अभिभावकत्व दिन्छु – अष्टलक्ष्मी शाक्य

बिआरटीनेपाल २०७८ मंसिर १६ गते ७:२१ मा प्रकाशित

नवनिर्वाचित एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले छोडेर गएका लाखौं कार्यकर्ताको अभिभावकत्व आफूले लिने बताउनुभएको छ । बिहीबार एक कार्यक्रममा बोल्दै उहाँले सर्वसम्मतिको प्रयासबाट नेतृत्व चयन भएपनि आफ्नो वैचारिक संघर्ष भने जारी रहने बताउनुभयो ।

उपाध्यक्ष शाक्यले पार्टीका पूराना नेता कार्यकर्तालाई अध्यक्ष ओलीले समेट्न नसक्दा आम जनताको अपेक्षा अनुसार एमालेको नयाँ नेतृत्व चयन नभएपनि विधि, पद्दती र सिद्धान्तका लागि आफ्नो संघर्ष जारी रहने उहाँले बताउनुभयो । पार्टी छोडेर नेता नेपालले गल्ती गरेको टिप्पणी गर्दै उहाँले महाधिवेशनमा सबैलाई समेट्न नसक्नु अध्यक्ष केपी ओलीको कमजोरी भएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू