अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

सिटीइभीटीका उपाध्यक्ष बर्खास्त नगरे सत्याग्रह सुरु गर्ने डा. गोविन्द केसीको चेतावनी

बिआरटीनेपाल २०७८ मंसिर १६ गते ७:१५ मा प्रकाशित

चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का (सिटिइभीटी) उपाध्यक्ष खगेन्द्र अधिकारीलाई बर्खास्त गरे कुनै पनि बेला सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको छ ।बिहीबार विज्ञप्ती जारी गर्दै मेडिकल अधिकारीलाई सिटिइभिटीको उपाध्यक्षबाट तत्काल बर्खास्त गर्न माग गरेको छ ।

नर्सिङल कलेजहरुबारे चिकित्सा शिक्षा ऐनका प्रावधान तथा चिकित्सा शिक्षा आयोगका निर्णयहरु अक्षरशः कार्यान्वयन गर्नुपर्ने डा. केसीको माग गर्नुभएको छ । बीपी प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई तत्काल बर्खास्त गरी न्यायिक छानबिन आयोग बनाएर छानविन सुरु गर्नुपर्ने, सार्वजनिक पदमा रहनेहरुको स्वार्थको द्वन्द्व रोक्नका लागि कानुन ल्याउने तथा विश्वविद्यालय र प्रतिश्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड कार्यान्वयन गर्ने लगायत यस अगाडि छलफलमा गरिएका सबै प्रतिवद्धताहरु पूरा गर्नुपर्ने माग छ ।

चिकित्सा शिक्षा ऐनको संशोधन गर्दा अध्यक्ष प्रधानमन्त्री तथा सहअध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिने व्यवस्था गरिनुपर्ने डा. केसीको माग छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू