अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

राष्ट्रिय क्रिकेट टिमका चार जना खेलाडीले दोस्रो पटक क्यानलाई बुझाए स्पष्टीकरण

बिआरटीनेपाल २०७८ मंसिर १६ गते ७:१४ मा प्रकाशित

राष्ट्रिय क्रिकेट टिमका चार जना खेलाडीले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई दोस्रो पटक स्पष्टीकरण बुझाएका छन् । राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र बलर कमलसिंह ऐरीले दोस्रो पटक स्पष्टीकरण बुझाएका हुन् ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले खेलाडीले दोस्रो पटक स्पष्टीकरण सोधिएकोमो उहाँहरूले स्पष्टीकरण बुझाएको र त्यसमा अध्ययन गर्न बाँकी रहेको बताउनुभयो ।

खेलाडीको स्पष्टीकरण चित्तबुझ्दो नआएको र क्यानलाई नै दोषी देखाएको कारण फेरि स्पष्टीकरण मागिएको उहाँले बताउनुभयो । सेन्ट्रल कन्ट्रयाक्टको विषयमा आफूखुसी मिडियामा अभिव्यक्ति दिएको कारण देखाएर खेलाडीसँग क्यानले स्पष्टीकरण मागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू