अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२२ | Colorodo: 00:37

मुस्ताङ घुम्न अब पिसिआर रिपोर्ट र पूर्ण खोप अनिवार्य

बिआरटीनेपाल २०७८ मंसिर १६ गते ७:१२ मा प्रकाशित

कोरोना सङ्क्रमणको नयाँ स्वरुप ओमिक्रोनलाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाई गरिएको छ । अब मुस्ताङ प्रवेश गर्न पिसिआर रिपोर्ट र कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको अनिवार्य गरिएको छ । पछिल्लो समय कोरोना सङ्क्रमण सामान्य भएको भन्दै मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । तर, हालै कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोन देखिएपछि जोखिमलाई मध्यनजर गर्दै विशेष गरी पर्यटकका लागि ७ दिनभित्रको पिसिआर परीक्षणमा कोरोना नभएको र पूर्ण मात्रा कोरोनाविरुद्धको खोप लगाएको खोप कार्ड वा पछिल्लो ७२ घण्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट भएका व्यक्तिलाई मात्र प्रवेश अनुमति दिइने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।

मङ्सिर १५ गते राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागू हुने गरी मुस्ताङ घुम्न आउनेहरूका लागि कडाइ गरिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजारलगायतका भीडभाड हुने खालका कार्यक्रम नगर्न पनि आदेश दिएको छ । त्यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका अनिवार्य कार्य गर्नु परेमा भने २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू