अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

काँग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशनपछि मात्रै हुने

बिआरटीनेपाल २०७८ मंसिर १६ गते ७:११ मा प्रकाशित

नेपाली काँग्रेसले अहिले जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले आज एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो । काँग्रेसको १६ वटा जिल्लामा अधिवेशन तथा निर्वाचन हुन बाँकी रहेको छ । यी जिल्लाको अधिवेशन अब १४ औं महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नेपाली काँग्रेसमा अहिलेसम्म ६१ जिल्लामा पार्टीको नयाँ जिल्ला सभापति चयन भएका छन् ।

यी जिल्लामा महाधिवेशन प्रतिनिधिसमेत चयन भइसकेका छन् । बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक, जिल्ला अधिवेशन भएको छैन । यी जिल्ला अधिवेशन अन्योल भए पनि महाधिवेशन प्रतिनिधि भने चयन भइसकेका छन् । गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ । यहाँ पनि महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् ।

लुम्बिनी प्रदेशमा बाँके बाहेका जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । बाँकेमा पनि महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । सुदूरपश्चिम प्रदेशको कैलाली र अछाममा पनि जिल्ला अधिवेशन हुन सकेको छैन् । प्रदेश २ मा महाधिवेशन प्रतिनिधिका लागि विभिन्न जिल्लामा चुनाव भइरहेको काँग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू