अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 09:08

नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या १ करोड नाघ्यो

बिआरटीनेपाल २०७८ मंसिर १५ गते ७:३० मा प्रकाशित

नेपालमा कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोड नाघेको छ । पछिल्लो २४ घण्टामा दुई लाख २७ हजार पाँच सय ८४ जनाले खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा ८५ लाख १४ हजार ६ सय ८४ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै एक करोड ३० हजार चार सय आठ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

आज लगातार दोस्रो दिन पनि दुई लाख जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइएको हो । हिजो मङ्गलवार पनि एकै दिन दुई लाख १२ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू