अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५८ | Colorodo: 01:13

विश्वका कुनै पनि देश धर्म निरपेक्ष छैनन् – अध्यक्ष डा. लोहनी

बिआरटीनेपाल २०७८ मंसिर १५ गते ७:२९ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले विश्वका कुनै पनि देश धर्म निरपेक्ष नभएको बताउनुभएको छ ।काठमाडौंको भृकुटीमण्डपमा जारी एकता महाधिवेशको उद्घाटन समारोहमा अध्यक्ष लोहनीले रकम दिएर अर्को देशमा धर्म प्रचार गर्न लगाउनु धर्म निरपेक्ष देश हुन नसक्ने बताउनुभयो । युरोपेली देशहरुले धर्मका प्रचारक पादरीहरुलाई ठूलो रकम दिएर धर्म प्रचार गर्न लगाएको उहाँको आरोप छ ।

अध्यक्ष लोहनीले नेपालमा हिन्दु र बौद्ध धर्मको धरोहर भएकाले यसलाई धार्मिक पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।देशभित्र पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र लुम्बिनी क्षेत्र नेपालको चार धाम भएको बताउँदै उहाँले विश्वका १ सय ६० करोड हिन्दुमध्ये एक प्रतिशतमात्र नेपाल आए धार्मिक पर्यटनले देशको कायापलट हुने तर्क गर्नुभयो ।

देशलाई विर्ता सम्झेर भागवण्डा गर्दा जनताको राज्यप्रतिको आक्रोशलाई बढाउने अध्यक्ष लोहनीले बताउनुभयो । नेपालमा विकासको राजनीति नभएको भन्दै उहाँले लुटतन्त्र र राज्यसम्पत्तिको दोहन भइरहेको बताउनुभयो । ठूला दलहरुले राजनीतिको नाममा देशमा ध्रुविकरण बढाएको उहाँको आरोप छ । राजसंस्थाले मानिस र राजनीतिक दललाई जोडेर राखेकाले राजसंस्था आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू