अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४३ | Colorodo: 04:58

विश्वकप महिला फुटबलको छनौटमा इंग्ल्याण्डको फराकिलो जित

बिआरटीनेपाल २०७८ मंसिर १५ गते ७:२७ मा प्रकाशित

महिलाहरुको विश्वकप फुटबल छनौट खेलमा इंग्ल्याण्डले अहिलेसम्मकै फराकिलो गोलअन्तरको जित निकालेको छ । गएराति भएको खेलमा इंग्ल्याण्डले लात्भियालाई २०–० ले हराएको हो ।इंग्ल्याण्डको जितमा लौरेन हेम्पले ४ गोल गर्दा इलन ह्वाइट, बेथ मिड र आलेसिया रुसोले पनि ह्याट्रिक गरे । इंग्ल्याण्डका लागि १० जना खेलाडीले गोल गरेका थिए । यही खेलमार्फत इलन ह्वाइट इंग्लीश महिला टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनिन् ।

उनले केली स्मीथको ४६ गोलको किर्तीमान तोड्दै आफ्नो गोल संख्या ४८ पुर्याइन् । विश्वकप महिला फुटबलका अन्य छनौट खेलहरुमा स्पेनले स्कटल्याण्डलाई ८–० ले हराउँदा फ्रान्सले वेल्समाथि २–० को जित निकाल्यो ।

यसैगरी रिपब्लीक अफ आयरल्याण्डले जर्जीयालाई ११–० ले हराउँदा स्विट्जरल्याण्डले लिथुआनियालाई ७–० ले, क्रोएसियाले मल्दोभालाई ४–० ले, सर्वियाले बुल्गेरियालाई ४–१ ले तथा टर्कीले इजरेललाई ३–२ ले हराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू