अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४८ | Colorodo: 21:03

अमेरिकाको बिद्यालयमा गोली प्रहार, ३ बिद्यार्थीको हत्या

बिआरटीनेपाल २०७८ मंसिर १५ गते ७:२६ मा प्रकाशित

अमेरिकाको एक बिद्यालयमा एक बिद्यार्थीले गोली प्रहार गरी ३ बिद्यार्थीको हत्या गरेका छन् । घटनामा एक शिक्षक सहित ६ जना घाइते भएका छन् ।

मिशिगन राज्यको एक बिद्यालयमा अध्ययनरत बिद्यार्थीले कक्षा सञ्चालन भइरहेको बेला अन्धाधुन्ध गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् । घटना लगत्तै ती छात्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मारिनेमा एक छात्र र दुइ छात्रा रहेका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाको निन्दा गर्दै शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू