अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

“म पनि राप्रपा जस्तै राष्ट्रवादी ” – प्रचण्ड

बिआरटीनेपाल २०७८ मंसिर १५ गते ७:२० मा प्रकाशित

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्तै राष्ट्रवादी भएको बताउनुभएको छ । बुधवारदेखि काठमाण्डौमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो राष्ट्रवाद र राप्रपाको राष्ट्रवाद उस्तै भएको टिप्पणी गर्नुभएको हो । उहाँले राप्रपा र आफ्नो पार्टीको मत भने नमिल्ने स्पष्ट पार्नुभयो । तर पनि राप्रपाले संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न सघाएर भिन्न परिस्थितिमा भिन्न खालको देशभक्ति देखाएको अध्यक्ष प्रचण्डको तर्क थियो ।

अध्यक्ष प्रचण्डले राप्रपाले इतिहासतिर फर्केर राष्ट्रवादको कुरा उठाउने गरेको उल्लेख गर्दै आफूहरूले नेपाली नागरिकलाई राष्ट्रवादको मुख्य आधार बनाएर अघि बढेको दाबीसमेत गर्नुभयो । राजनीतिक विचारधारा फरक भएर पनि राप्रपाका नेता, कार्यकर्ताहरूले देशमा राजनीतिक अस्थिरता हुन नदिनका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा साथ दिएको विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू