अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

विप्लव नेतृत्वको नेकपा विभाजित

बिआरटीनेपाल २०७८ मंसिर १५ गते ७:१९ मा प्रकाशित

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट विभाजन भई नेकपा (क्रान्तिकारी) घोषणा गरिएको छ । काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभागका प्रमुख अमर गोपालीले कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको सशस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा (क्रान्तिकारी)को गठन गरेको जानकारी दिनुभयो ।

उहाँले विप्लव नेतृत्वको नेकपाले अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहिन काल्पनिक बाटोमा लागेको आरोप लगाउनुभयो । गोपालीले फेरि क्रान्तिकारी शक्तिहरुले आफ्नो सिर्जनशिलतामा नयाँ पार्टी पुनर्गठन गरी क्रान्तिलाई फेरी नयाँ उचाइमा उठाउने ऐतिहासिक कार्यभार आफ्नो पार्टीले लिएको जिकिर गर्नुभएको छ ।

उहाँले २०७७ सालमा विप्लवले सेना र सत्ता ३ बुँदेमार्फत केपी ओली सरकारलाई बुझाउनुलाई क्रान्तिकारीमाथि गरेको धोका, बेइमानी र जालसाजीको संज्ञा दिनुभयो । वैज्ञानिक समाजवाद कुनै पनि हालतमा जनमतसंग्रहबाट आउन नसक्ने भन्दै वैज्ञानिक समाजवादको सिद्धान्त आफैले उत्पन्न गर्न पर्ने गापालीकोे धारणा थियो ।

नवगठित पार्टीको कार्यसमितिमा महासचिव सक्षम, प्रवक्ता सम्भवलाई चयन गरिएको जनाइएको छ । त्यस्तै, उक्त पार्टीमा ८१ जनाको केन्द्रीय समिति, १५ जनाको पोलिटब्युरो र ७ जनाको स्थायी कमिटी सचिवालय गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू