अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१९ | Colorodo: 04:34

कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत

बिआरटीनेपाल २०७८ मंसिर १५ गते ७:१८ मा प्रकाशित

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाउनुभएको छ । मुख्यमन्त्री शाहीले आज प्रदेशसभामा विश्वासको मत सम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभा बैठकमा सहभागी २२ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका छन् । उपस्थित २२ जना प्रदेशसभा सदस्य मध्ये उहाँको पक्षमा २२ मत नै खसेको थियो ।

सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेको र यो कर्णाली प्रदेशसभाको सदस्य सङ्ख्या बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री शाहीलाई उहाँको दल नेपाली काँग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले मत दिएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भने उपस्थित थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू